कास्की। पोखरा-२० भलाममा गए राति पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा स्थानीय ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङको मृत्यु भएको छ भने उनीहरूका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्। पहिरोले पुरिएर उनीहरूका अर्का छोरा राजकुमार घाइते भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
यस्तै, पहिरोले पुरिएर पोखरा-११ काहुँभञ्ज्याङका ४२ वर्षीय लक्ष्य नेपालीको पनि मृत्यु भएको छ। पहिरोमा परेर घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिँदा नेपालीकी छोरी सृष्टि नेपाली घाइते भएकी छिन्। उनका दुबै खुट्टा र ढाडमा चोट लागेको छ। नेपालीका श्रीमती र २ छोराको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
