आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आबद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।
बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले जेष्ठ सदस्यहरुलाई सम्मान गर्दे हाम्रा सन्ततीहरुलाई समेत उक्त कार्य सिकाउनु पर्ने बताए ।
नगर प्रमुख शाक्यले केहि सहकारीहरुका कारणले सबै सहकारीहरुलाई हेर्ने दृष्टिकोण बनाउन नहुने भन्दै यस्ता आभाष साकोष जस्ता नगरमा धैरै सहकारीहरु उदारणीय भएको बताए ।

सहकारीले आफ्ना सदस्यहरुलाई सम्मान गर्नु नै सहकारीको दायित्व रहेको बताए । नगरपालिकाले पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको र हामि सबैको जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने दायित्व भएको शाक्यले कार्यक्रममा बताए । प्रमुख कार्यकारी अधिकृत सुबाष बैधले सहकारीले आफ्नो सामाजिक उत्रदायित्व अन्र्तगत वार्षिक योजना अनुसार उक्त सममान कार्यक्रम गरिएको बताए ।

सदस्यहरुलाई आभाष सुरक्षा कार्यक्रम अन्र्तगत प्राणघात रोग लागेमा उपचार खर्च, शल्यक्रिया, सदस्यको मृत्यु भएमा राहत प्रदान गर्दे आएको छ भने सामाजिक उत्रदायित्व अन्र्तगत आखाँ शिबिर, रक्तदान, स्वास्थ्य शिबिर, छोरी अभियान अन्र्तगत संस्थाको स्थापना दिवस र नयाँ वर्षका दिन बनेपाको शिरमेमोरियल अस्पतालमा जन्मने पहिलो छोरीलाई सम्मान र नगद प्रदान, सदस्यहरुको सुविधाका लागी मोवाईल एप्स जस्ता थुर्पे सेवाहरु प्रदान गर्दे आएको बैधले बताए ।

कार्यक्रममा जेष्ठ सदस्यहरुलाई पौष्टिक आहार, सम्मान पत्र, र दोसल्ला द्धारा सम्मान गरिएको थियो । कार्यक्रममा सस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार सुरकृष्ण बैध भरखरै सम्पन्न उद्योग वाणिज्य महासघंको उपाध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, जिल्ला सहकारी सघं लिका अध्यक्ष दिलिप शर्मा, सञ्चालक समितीका पद्यादिकारीहरु लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष ग्रुबेन तौजलले राख्नु भएको थियो भने सञ्चालन सचिब प्रकाश कायस्थले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दिनेश राज कायस्थले गर्नु भएको थियो ।
