काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, बेथिति, कुशासनका विरुद्धमा तथा आर्थिक, सामाजिक र राजनीतिक बिषयमा मेचिमहाकाली जागरण अभियान गर्ने भएको छ ।
विषम परिस्थितिलाई आत्मसात गर्दै “देशलाई संकटबाट जोगाउन जागरण यात्रा” जेठ १८ गतेदेखि पश्चिम नेपालको महेन्द्रनगरबाट शुभारम्भ गर्ने आजपाले जनाएको छ ।

काठमाडौं स्थित आजपा केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले पार्टी, जनवर्गीय एवं जनसंगठनका कार्य एवं संगठनलाई व्यवस्थित गर्ने आजपा प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिए ।
‘उपनिर्वाचनमा घोषित अघोषित गठबंन्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सत्ता र शक्तिको प्रत्यक्ष टकरावको बाबजूद पनि बिना कुनै गठबन्धन एक्लै निर्भिकता पूर्वक चुनाव लडेर सहाशिक प्रदर्शन गरी संगठनको विजारोपन गर्न सफल हुनु सराहनीय विषय रहेको ठहर गर्दै यस्तो विषमरसंवेदनशील परिस्थितिमा आजपाप्रति विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति आभार व्यक्त गर्दछौं’ आजपाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएकोछ ।
१८ मे मा अन्तर्राष्ट्रीय मजदूर दिवसलाई पार्टीको केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रम गरि मनाउने निर्णय समेत बैठकले गरेको छ । यसैगरी पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने, निर्णय भएको आजपा प्रवक्ता साहले बताए ।
