बारा। नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।
योसंगै प्रदेश २ बाट नेकपा एकीकृत समाजबादीमा खनाखत गर्नेको संख्या १३ पुग्ने छ ।
